घर निर्माण फेस्ट २०८२ मा विश्वकै सबैभन्दा ठूलो इट्टा प्रदर्शन हुने

घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को देस्रो संस्करणबारे औपचारीक घोषणा गर्न पाउदा हामी उत्साही भएका छौं । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा हामीले फेस्टलाई लिँदै आएका छौं । फेस्टको औपचारीक घोषणा सभामा उपस्थित हुनुहुने तपाइँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पुर्याउने उद्देश्यसहित यो फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने जानकारी गराउँछौं ।

नेपालमा निर्माण तथा व्यवसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरुले अझै पनि समान रुपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रुपमा प्रदर्शन गर्न विभिन्न चुनौती झेलिरहेका छन् । यहि कमीकमजोरीलाई सम्बोधन गर्न घर निर्माण फेस्ट २०८२ आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायिले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा पुर्याउन सक्नेछन् ।

दोस्रो संस्करणको घर निर्माण फेस्टलाई हामीले साधारण मेला मात्र नभई व्यवसायमुखी, अवलोकन–केन्द्रित र परिणाममुखी बनाउने तयारी गरेका छौं । ४ दिन सम्म हुने प्रदर्शनीमा हामीले २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा राखेका छौं । घर निर्माण सम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रुपमा अवलोकन गरी जानकारी लिने हाम्रो विश्वास छ । यो एक प्रदर्शनी मात्र नभइ कुनैपनि निर्माणजन्य सामग्रीको ब्रान्डिङ, नवप्रवर्तन, गुणस्तरीय निर्माण र व्यवसायिक वृद्धिको साझा मञ्च पनि हो ।

घर निर्माण फेस्ट २०८२ लाई सबैका लागि अझ रोचक, जानकारीमुलक र अविस्मरणीय बनाउन हामीले विशेष आकर्षणहरु समावेश गरेका छौँ । पहिलो आकर्षणका रुपमा, हामीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारेका छौं । जसलाई हामीले “गिनिज बुक अफ वल्र्ड” रेकर्डमा समावेश गर्ने तयारी गरेका छौं । यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासस्थित एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा निर्माण गरेको थियो । जसको लम्बाइ २.९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) थियो । यस्तै दोस्रो आकर्षणका रुपमा “उल्टो घर” लाई प्रदर्शनीका क्रममा राखिने छ । जसमा घरको सबै संरचना र डिजाइन उल्टो रुपमा प्रदर्शन गरिनेछ । यस्तै प्रर्दशनीका क्रममा नेपालमा त्यती धेरै प्रयोगमा नआएको “डोम हाउस” को अवधारणा पनि प्रस्तुत गरिने छ । एक दिनमा तयार हुने डोम हाउस घर, होटल तथा रिसोर्टमा समेत सहज रुपमा बनाउन सकिनेछ । प्रर्दशनीमा समावेश गरिने आकर्षणले निर्माण उद्योगलाई नयाँ दृश्य, नयाँ सोच र नयाँ अनुभवसँग जोड्ने हाम्रो अपेक्षा छ भने प्रदर्शनीको अवलोकन गर्न आउनेहरुका लागि थप रोचकता प्रदान गर्नेछ ।

यस प्रदर्शनीको क्रममा अवलोकनकर्ताहरुले प्रत्यक्ष रुपमा निःशुल्क रुपमा इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरुसँग अन्तरकृया गर्न पाउने छन् । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीको छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।  

Leave a Comment

Your email address will not be published. Required fields are marked *