“घर निर्माण फेस्ट २०८२” मा प्लम्बर पाइपको सहकार्य
काठमाडौं । शनिबारबाट हुन लागेको “घर निर्माण फेस्ट २०८२” मा प्लबर पाइपले सहकार्य गर्ने भएको छ । पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने फेस्टका लागि घर निर्माण फाउण्डेसन र प्लबर पाइपबीच सहयकार्य गर्ने सम्झौता भएको हो । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पुर्याउने उद्देश्यसहित फेस्ट गर्न लागिएको हो । फेस्ट पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुँदैछ ।
प्लम्बर पाइप्स नेपालमा प्लम्बिङ क्षेत्रमा गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्ने एक परिचित ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ । कम्पनीले तातो तथा चिसो पानीका लागि उपयुक्त सिपिभिसि पाइप, फिटिङ्स तथा आधुनिक पाइपिङ समाधानहरू उपलब्ध गराउँदै आएको छ । आवासीय घर, व्यावसायिक भवन, अपार्टमेन्ट तथा ठूला निर्माण परियोजनामा प्लबर पाइप्सका उत्पादन प्रयोग भइरहेको छ । टिकाउपन, सुरक्षित पानी आपूर्ति र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर यसको मुख्य विशेषता हो । साथै, कम्पनीले बजार विस्तार, ब्रान्ड प्रवद्र्धन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै नेपाली निर्माण तथा प्लम्बिङ उद्योगलाई मजबुत बनाउन योगदान पुर्याइरहेको छ ।
“जे गर्छौं नेपालमै गर्छौं” भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार र ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रूपमा अवलोकन गर्ने अनुमान गरिएको छ । यो पटकको घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ ।
निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो यो फेस्टमा कुनै पनि निर्माणको तयारी देखि निर्माणसम्पन्न नहुँदा सम्मका सबै चरणहरुको प्रत्यक्ष प्रदर्शनी गरिने छ । यस पटकको प्रदर्शनीमा विभिन्न ४० वटा इन्जिनियरिङ कलेजले तयार पारेका थ्री डी मोडलको प्रदर्शनी समेत हुनेछ ।
