घर निर्माण फेस्टमा १० लाखको घर ६ लाख पाउने अफर
काठमाडौं । घर बनाउने सपना धेरै नेपालीको जीवनको ठूलो लक्ष्य हो । तर बढ्दो निर्माण सामग्रीको मूल्य, मजदुरी खर्च र समयको अभावका कारण धेरै मानिसका लागि घर बनाउनु कठिन बन्दै गएको छ । यही समस्यालाई समाधान गर्ने उद्देश्यका साथ राष्ट्रिय घर निर्माण फेस्ट २०८२ आयोजना हुन लागेको छ, जसले सर्वसाधारणलाई किफायती मूल्यमा सुरक्षित र आधुनिक घर निर्माणको अवसर प्रदान गर्नेछ ।काठमाडौंको भृकुटी मण्डपमा पुस १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यस फेस्टमा सहभागी भई अवलोकन गर्नेहरूमध्ये एक जना भाग्यशाली व्यक्तिले बजार मूल्य अनुसार १० लाख रुपैयाँ पर्ने घर केवल ६ लाख रुपैयाँमै निर्माण गर्न पाउनेछन् । घर निर्माणमा रुचि राख्ने व्यक्तिहरूमध्येबाट लक्की ड्रमार्फत छानिने एक जनाले यो विशेष अफर प्राप्त गर्नेछन् ।
६ लाख रुपैयाँमा निर्माण गर्न पाइने यो घर विशेष प्रविधिमा आधारित रहेको छ । यस्तो खाले घर लाइट वेट स्ट्रक्चर मा निर्माण गरिने भएकाले छिटो तयार हुने र लागत कम पर्नेछ । साथै, यो घर भूकम्प प्रतिरोधी भएकाले नेपालको भौगोलिक अवस्थाका लागि सुरक्षित मानिन्छ । आवश्यकता अनुसार सजिलै सार्न सकिने यो घर विशेषगरी भाडाको जग्गामा बसोबास गर्नेहरूका लागि उपयुक्त हुन सक्ने छ । यस घरको आयु २० वर्षभन्दा बढी हुने अनुमान गरिएको छ भने न्यून मर्मत आवश्यक पर्ने भएकाले दीर्घकालीन रूपमा ठूलो आर्थिक बचत गर्न सकिनेछ । घर टुबीएचके मोडल मा निर्माण गरिनेछ, जसमा २ बेढरूम, १ हल र १ किचन रहनेछ । दुई तले डिजाइनमा तयार गरिने यो घर सानो तथा मध्यम परिवारका लागि पर्याप्त हुन्छ । घर बनाउने योजना बनाइरहेका सबैलाई फेस्टमा सहभागी भइ निर्माणसम्बन्धी नयाँ प्रविधि बुझ्ने, लागत घटाउने उपाय सिक्ने र आकर्षक अफर प्राप्त गर्ने अवसर लिनुहुन हामी आग्रह समेत गर्दछौं ।
राष्ट्रिय घर निर्माण फेस्ट २०८२ को मुख्य उद्देश्य सर्वसाधारणलाई घर संरचना निर्माणबारे जानकारी दिनु र विकसीत प्रविधिलाई समेत एकै स्थामा राखेर काम गर्ने प्रक्रिया बारे जानकारी दिनु हो । यस्तै फेस्टमा आधुनिक, सुरक्षित र कम लागतमा घर निर्माण गर्न सकिने प्रविधिबारे जानकारी समेत प्रदान गरिने छ । फेस्टमा घर निर्माणसँग सम्बन्धित विभिन्न कम्पनी, प्रविधि, डिजाइन तथा सामग्रीहरू प्रदर्शनीमा राखिनेछ, जहाँ आगन्तुकहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श लिन सक्नेछ् ।
